बुद्धको अस्थि धातु एक लाखले हेरे

Photo: एकता +सद्भाव + प्रेम = शान्ति !!
हामीलाई नेपालमा बसेर नेपाली हुनुमा गर्व छ भने हामीले मन शान्त , आनन्द ,सुख , सम्वृद्धि अनि देशमा शान्ति र सुशासन चाहन्छौं भने शान्तिका अग्रदुत भगवान गौतम बुद्धको उपदेश पालना गरौँ ! २५५७ औं बुद्ध जयन्तिको पावन अबसरमा स्वदेश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण शान्ति प्रेमी साथि संगी , आमा बुवा दाजुभाई तथा दिदीबैनीहरुमा सुख ,शान्ति र सम्वृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !
बुद्धम् शरणम् गच्छामी , धर्मम् शरणम् गच्छामी , संघम् शरणम् गच्छामी !!बुद्धको अस्थि धातु एक लाखले हेरे
 १२ जेष्ठ,
         काठमाडौँ- बुद्ध जयन्तिका दिन स्वयम्भूको श्रीलङ्का राम चैत्यबाट निकालिएको अस्थी धातुलाई आज करिब एकलाख भक्तजनले दर्शन तथा पूजाआजा गरेको आयोजकहरुले बताएका छन्। शाक्यमुनि गौतम बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरी राखिएको अवशेषलाई अस्थी धातु भनिन्छ। यसलाई आज एक दिनका लागि सार्वजनिक प्रदर्शन गरिएको थियो।आनन्दकुटी विहारले आज २५५७ औँ बुद्ध जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि उपस्थित थिए। उनले समाजमा आपसी सदभाव तथा शान्ति फैलाउनका लागि बुद्धका उपदेश उपयोगी रहेको बताए।
                बुद्ध दर्शनमा मानव सेवालाई नै धर्म मान्ने महत्वपूर्ण व्यावहारिक पक्ष रहेकाले समाजमा त्यसको प्रभावकारीता बढेको चर्चा उनले गरे।उनले संविधान सभाको निर्वाचनलाई सफल बनाउन सबैँको रचनात्मक सहयोगको अपेक्षा गर्दै अहिले निर्वाचनको मिति घोषणा नभएकै आधारमा अनायास आउने टिप्पणी तथा भडकाउको केही अर्थ नरहेको बताए।कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एम सेमिविनरथ्नले विश्व समूदायलाई अहिंसाको मार्ग छाडेर शान्तिको मार्गमा आउन अभिप्रेरित गर्ने बुद्ध नेपाल र नेपालीको लागि मात्र नभएर अन्तर्राष्ट्रिय समूदायका लागि प्रेरणाको स्रोत रहेको चर्चा गरे।
             आनन्दकुटी विहारका अध्यक्ष भिक्षु धम्ममूर्तिको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादव तथा संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुनले पठाएको सन्देश पढेर सुनाइएको थियो।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World