पुलको निर्माण सामाग्री चोर्ने चार जना पक्राउ

३ जेठ,
बाराको डुमरवाना र सिमरा गाविसलाई जोडने निर्माणाधिन दुधौरा खोलाको पुलको निर्माण सामाग्री चोर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सिमराको टोलीले डुमरवाना ८ का गौरी बस्नेत, पर्सा बागेश्वरी ७ का मुकेश यादव, बैद्यनाथ महरा र किशोरी रायभरलाई डुमरवानाबाट पक्राउ गरेको हो ।चोरी कार्यमा संलग्न मुख्य व्याक्ति डुमरवाना ८ का किसन दाहाल भने फरार रहेको प्रहरीले जनाएको छ ।प्रहरीले दाहालको घरमा छापा मारेर तीन क्वीन्टल छड र चार बोरा सिमेन्ट पनि बरामद गरेको छ । पक्राउ परेका सबै चार जना ठेकेदारकै कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
पुल निर्माण स्थलबाट २८ बोरा सिमेन्ट र पाँच क्वीन्टल छड चोरी भएको ठेकेदारले बताएको प्रहरी निरिक्षक कुंइकेलले जानकारी दिनुभयो ।

0 comments
तपाईंको प्रतिकृया