राप्रपा–राजपाको एकता सम्मेलन आज
३ जेठ,
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच शुक्रबार एकता हुने भएको छ ।त्यसका लागि दिउँसो एकबजे काठमाडौको भृकुटीमण्डपमा एकता सम्मेलन आयोजना गरिएको राजपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।तीन दिनसम्म चल्ने सम्मेलनले पूर्वप्रधानमन्त्री समेत रहेका सूर्यबहादुर थापालाई अध्यक्ष बनाएर नयाँ कार्य समिति चयन गर्नेछ । सम्मेलनबाट तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता र पाँच सहमहामन्त्री सहित १ सय ७ सदस्यीय नयाँ कार्य समिति चयन हुने गिरीले उज्यालोलाई बताउनुभयो ।
एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने शीर्ष नेताहरुबीच सहमति भएको छ । पूर्वपञ्चहरु पछिल्लो समय २०६१ सालमा राजतन्त्रलाई हेर्ने दृष्टिकोणमा विभाजित भएका थिए ।
0 comments
तपाईंको प्रतिकृया