वैद्यको शर्तबारे मन्त्रिपरिषदमा छलफल हुने


kiran२९ वैशाख,
             मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र सरकारी वार्ता टोलीबीच नेकपा-माओवादीले राखेका शर्तबारे छलफल भएको छ । आइतबार साँझ बालुवाटारमा भएको छलफलमा वैद्य नेतृत्वको ३३ दलले पठाएको ३ बुँदे शर्तसहितको पत्रबारे छलफल भएको अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।
              गत शुक्रवार सरकारले विभिन्न दलहरुसंग छलफल गर्ने क्रममा नेकपा-माओवादीलाई पनि बोलाएको तर छलफल बहिस्कार गरी शर्त राखेकोबारे मन्त्रीहरुवीच छलफल भएको हो । माओवादीले सरकार नै परिर्वतनको बर्त राखेकाले सम्बोधनको सम्भावना नरहेको एक मन्त्रीले बताएका छन् । सरकारसँगको वार्ताका लागि माओवादीले २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज, अख्तियार प्रमुखमा लोकमान सिंह कार्कीको नियुक्ति खारेजी र नागरिकता वितरणसम्बन्धी अध्यादेश खारेजीको शर्त राखेको छ ।
                       आइतबारको सरकारी छलफलमा आन्दोलनरत अन्य दलहरुसँगको वार्ता प्रक्रिया र अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको मन्त्रिपरिषद्का अध्यक्षका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो । रेग्मी र वार्ता टोलीका सदस्यवीचको छलफलमा उपेन्द्र यादव नेतृत्वको मोर्चा र अशोक राईको संघीय समाजवादी लगायतका दलसँग भएको छलफल र उनीहरुका मागका विषयमा पनि कुराकानी भएको बताइएको छ । यी मागबारे मन्त्रिपरषद्को बैठकमै छलफल गरिनुपर्ने निश्कर्ष मन्त्रिीहरुले निकालेका छन् । विशेष गरी वैद्यले राखेका शर्तबारे सरकारी वार्ता टोलीलाई म्यान्डेट नभएकाले क्याबिनेटमै यसबारे निर्णय गरिनुपर्ने वार्ताटोलीका सदस्यले अध्यक्ष रेग्मीलाई सुझाव दिएको बुझिएको छ ।
                  यसैवीच कांग्रेस सभापति सुशील कोइरालाको एक महिने कार्यकाल सकिने समयमा सोमबार उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्ने भएको छ । कोइरालाले समितिको संयोजकत्व गरेपछि बस्ने लागेको यो पहिलो बैठक हो । यसअघि रेग्मीले लोकमानको नियक्तिबारे चारदलीय समितिका नेतालाई बालुवाटारमा बोलाएर छलफल गर्नुभएको थियो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World