रोल्पा कारागारबाट भागेका आठ कैदीमध्ये एक पक्राउ

 बैशाख ३०,
                        दाङ- रोल्पा कारागारबाट शनिबार राति सुरुङ खनेर भागेका आठ कैदीमध्ये एक जनालाई प्रहरीले रोल्पाको सातदोबाटो जङ्गलबाट आइतबार साँझ पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुन सेन रहेको राप्ती अञ्चल प्रहरी प्रमुख उत्तमबहादुर सिंहले जानकारी दिए। सेनले गैँडाको खाग तस्करीमा संलग्न भई कैद सजाय भोग्दैआइरहेको बताइएको छ। सुरुङ खनेर भागेका अन्य कैदीको खोजीलाई भने तीव्र पारिएको प्रहरी प्रमुख सिंहले बताए। घटनाबारे सत्यतथ्य छानबिन गर्न मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले राप्ती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिंहको संयोजकत्वमा छानबिन टोली गठन गरेको मध्यपश्चिम प्रहरी प्रमुख टपेन्द्रध्वज हमालले बताए। घटनाको खबर पाएलगत्तै आज बिहानै मध्यपश्चिम प्रहरी प्रमुख हमाल र राप्ती अञ्चल प्रहरी प्रमुख सिंह रोल्पा पुगेका छन्।       यो पनि पढ्नुस 

फरार अन्य कैदीमा राजबहादुर ओली, धुव्र डाँगी, चम्फे विक, दीपक पुन, वसन्त रोका, कृष्ण ओली र राजु थापा रहेको बताइएको छ। रासस

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World