वाइसिएल ब्युँताउँछौँ : पुन

barsaman punवाइसिएल ब्युँताउँछौँ : पुन
 ३जेठ,
एकीकृत माओवादीका नेता वर्षमान पुनले भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) लाई पुनः सक्रिय बनाउने बताउनुभएको भएको छ । वाइसीएल नेवाः राज्य समितिले काठमाडौँमा शुक्रबार आयोजना गरेको मोटरसाइकल र्‍यालीको उद्घाटन गर्दै पुनले वाइसीएललाई सक्रिय पारिने बताउनुभयो । विगतमा शान्ति प्रक्रिया र संविधान लेखनमा बाधा नपुगोस् भन्नका लागि वाइसीएल निस्कृय पारिएकाले बदलिएको परिस्थितिमा वाइसीएललाई सक्रिय बनाउन जरुरी रहेको एमाओवादी युवा इन्चार्ज पुनको भनाइ छ ।
      काँग्रेस र एमालेले शान्तिप्रक्रियामा आएपछि पनि अर्धसैन्य दस्ता बनाएको भन्दै चर्को विरोध गरेपछि माओवादीले तीन वर्षअघि वाइसीएलको ब्यारेकीय संरचना हटाएको थियो । र्‍यालीको नेतृत्व गरेका वाइसीएल नेवाः राज्य समिति सयोजक रामप्रसाद सापकोटा ‘दिपशीखा’ले लामो समयसम्म निस्कृय रहेको संगठनलाई गति प्रदान गरिने बताउनुभयो ।
                 नेवाः राज्य समितिको एकताको पहिलो अधिवेशनको पूर्वसन्ध्यामा वाइसीएलले मोटरसाइकल र्‍याली निकालेको हो । सम्मेलनको शनिबार एकीकृत माओवादी अध्यक्ष प्रचण्डले राजधानीको वसन्तपुरमा उद्घाटन गर्ने कार्यक्रम छ । खुलामञ्चबाट सुरु भएको मोटर साइकल र्‍याली, जमल, दरबारमार्ग, पुतली सडक, प्रदर्शनीमार्ग, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर हुँदै नयाँबानेश्वर पुगी समापन भएको थियो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World