चीन र भारतबीच ८ सम्झौता

चीन र भारतबीच ८ महत्वपूर्ण सम्झौता
६ जेठ,
          चीन र भारतबीच ८ महत्वपूर्ण सम्झौता भएको छ । चिनियाँ प्रधानमन्त्री ली कछियाङ र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले सोमबार दिल्लीमा संयुक्त पत्रकार सम्मेलन समेत गर्नु भएको छ । चिनियाँ प्रधानमन्त्री लीले दुई देशको बीचमा तनाव रहेको तर, आपसी सम्वादबाटै हल गर्ने बताउनु भयो । ब्रहृमपूत्र नदीको बहावको जानकारी साटासाट गर्ने सहमति भएको छ । चिनियाँ प्रधानमन्त्री लीले आपसी सम्वादबाट सीमा विवाद समाधानका लागि नयाँ अध्याय सुरु गर्ने बताउनु भयो ।
               साथै उहाँले दुई देशबीचमा तनाव ल्याउने कुनै कदम नचाल्ने बताउनु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । भारत र चीनबीच आपसी व्यापार बृद्धि गर्ने सहमति पनि भएको छ । ली ८० सदस्यीय प्रतिनिधी मण्डलसहित आइतबार नयाँदिल्ली पुग्नु भएको थियो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World