दाम पाएपछि काम चाहिँ यौन केन्द्रित फिल्ममा पनि गर्छु:सोनिया केसी
फिल्म ‘सिलसिला’मा सिलसिलेवार चुम्बन
दृश्य दिएर नेपाली फिल्ममा पाइला टेकेकी सोनिया केसीको पर्दामा चहलपहल
घटेको छ, अचेल। किनभने त्यसपछि उनीद्वारा अभिनीत फिल्म सफल नभएपछि उनलाई
निर्माता/निर्देशकले भाउ दिन छाडेका छन्।
तर, यो अभावमा पनि सोनियाको भाउ भने बढेको
छ। यो अरूले बढाइदिएको होइन। उनी आफैँले बढाएकी हुन्। भन्छिन्, ‘सबैको भाउ
बढ्ने हामी कलाकारको किन नबढ्ने?’ फोटो खिचाएको पनि पैसा माग्न थालेकी
छिन् अचेल। त्यसैले उनी थप्छिन्, ‘हामी कलाकारले कति फोकटमा काम गर्ने?’
कुरा मनासिबै हो। तर, ‘दाम पाएपछि काम चाहिँ यौनकेन्द्रित फिल्ममा पनि
गर्छु’ भन्छिन्। शर्त छ, ‘फिल्म यौनकेन्द्रित भए पनि सन्देशमूलक
हुनुपर्यो।’ खाली बसेकी सोनियाको यो विज्ञापन हो कि? :- एजेन्सी

0 comments
तपाईंको प्रतिकृया