किन डराउँछन्, पुरुषहरु यौन सम्पर्कको बेला ?

किन डराउँछन्, पुरुषहरु यौन सम्पर्कको बेला ?
  ४ जेठ,  (एजेन्सी) :
                 सामान्यत धेरैले यौन सम्पर्कको लागि महिलाभन्दा पुरुष बढी सक्रिय हुनुका साथै यौन सम्पर्कको बेला महिला भन्दा कम डर महसुस गर्छन् भन्ने विश्वास गरिन्छ । तर पछिल्लो एउटा अध्ययनले यौन सम्पर्कको बेला पुरुषहरुमा बढी डर उत्पन्न हुने देखाएको टाइम्स अफ इन्डियाले जनाएको छ । अध्ययन अनुसार सम्पर्कको बेला पुरुषहरु आफ्नो सेक्स पोजिसन, स्खलन हुने समय, सन्तुष्टि दिन सक्ने क्षमता आदि  विषयमा चिन्तित हुने गर्दछन् । भारतका एक सेक्सोलोजिष्ट दिपक अरोराले डरहरुको कारण यौन सम्पर्कको बेला पुरुषहरुले राम्रोसँग महिला सहमकर्मीलाई सन्तुष्टि दिन नसक्ने उल्लेख गरेका छन्  ।

अरोराका अनुसार मुख्य गरी पुरुषहरुमा यी पाँच विषयमा चिन्ता हुने गर्दछ :
 
  1.  सन्तुष्टि दिन सक्दिन कि भन्ने
  2.  चाँडै स्खलन हुन्छ भन्ने
  3.  गर्भवती बनाउन सक्दिन कि भन्ने
  4.  हस्तमैथुनको कारण सम्पर्कमा निखारपन आउँदैन कि भन्ने  
  5.  सेक्स पोजिसन मिल्दैन कि भन्ने

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World