द्वन्द्वकालमा जागिर छाडेका सेना र प्रहरीद्वारा दल घोषणा

वैशाख ३१,
politics              सशस्त्र द्वन्द्वको बेला जागिर छाडेका सेना र प्रहरीले नेपाल राष्ट्र सेवा दल घोषणा गरी संविधानसभा निर्वाचनमा सहभागी हुने भएका छन् ।संयोजक सूर्यबहादुर घिमिरेले सोमबार दल घोषणा गर्दै प्रत्यक्ष र समानुपातिकतर्फ देशैभर चुनाव लड्ने बताए ।उनले आफूहरुले ५ बर्षदेअि अधिकारको लागि लड्दै आएपनि माग पूरा नभएकाले अब निर्वाचनबाटै प्रतिनिधित्व गरी माग पूरा गराउन अघि बढ्ने बताए । संविधानसभा र संसदमा हाम्रो प्रतिनिधित्वबिना माग सम्बोधन हुने देखिएन्,' घिमिरेले भने, 'हामी चुनावी लडाईंबाटै विजय हासिल गर्छौ ।' उनले उल्लेख्य मत हासिल गर्ने दाबी समेत गरे । हतियार उठाएर दबाब दिने माग समेत उठेको प्रसंग उठाउादै उनले शान्तिपूर्ण मार्गबाटै माग सम्बोधनको बाटो लिएको स्पष्ट पारे ।राष्ट्र सेवा दलले निर्वाचन आयोगमा दल दर्ता गर्ने जानकारी समेत पत्रकार सम्मेलनमा जनाइएको छ ।
           दलको ६४ जिल्लासम्म संरचना रहेको उहााको भनाई थियो । देशभर संगठन विस्तार गरी चुनावी तयारीमा सक्रिय भइसकेको बताउादै कात्तिक वा मंसिरको पहिलो साताभित्रै चुनाव हुनुपर्ने बताए । चुनाव ढिलाई गरे आफूहरु सशक्त आन्दोलनमा जान वाध्य हुने चेतावनी समेत दिए । पत्रकार सम्मेलनमा द्वन्द्व पीडित सेना र प्रहरीको संख्या ४६ हजार चार सय ९० रहेको तथ्यांक समेत प्रस्तुत गरियो ।
              पत्रकार सम्मेलनमा दलका सल्लाहकार प्रेमबहादुर बिष्टले आफूहरु चुनावको सम्पूर्ण तयारी गरेर प्रस्तुत भएको बताए । कार्यक्रमको सभापतित्व ललित गुरुङले गरेका थिए । कार्यक्रममा द्वन्द्वकालमा जागिर छाडेका सेना र प्रहरीको उपस्थिति थियो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World