के के गर्छन त ४५ जनाले एउटै कोठामा
बैशाख २४
मलेशियाको शाहआलामको सेक्सन २३ मा रहेको
नाइन्टी नाइन सुपर मार्केटबाट भित्र छिर्दा एलएफ एसियामा काम गर्ने
नेपालीहरुको बस्ने ठाउँ छ । बाहिरबाट हेर्दा निकै मनमोहक देखिने यो ठाउँको
भित्री कथा भने अर्कै छ ।जब एलएफ एसियामा काम गर्ने नेपालीको
कोठामा पुगिन्छ । कोठा देख्दै विरक्त लाग्छ । त्यो कोठामा मानवका लागि
चाहिने कुनै पनि न्यूनतम सुविधा पाइँदैन । ४५ जना नेपाली कोचिएर बसेको
कोठाका कुना कुना लुगाफाटाले भरिएका छन् ।
सानो कोठमा धेरै मान्छे बस्नु परेपछि
फोहोर हुने भइ नै हाल्यो । शौचालय र बाथरुमको अवस्था त काठमाडौंका
सार्वजनिक शौचालयको जस्तो पनि छैन । एउटै कोठामा लस्करै दुई तले खाट
राखिएको छ । ४५ जनाका लागि खाना पाक्ने भान्छा बनाइएको छ छेऊको एउटा
कुनालाई ।नेपालका म्यानपावर कम्पनीबाट ठगिएर मलेशिया आएकै कारण उनीहरु यहाँ बस्न बाध्य भएका हुन् ।काठमाडौंको बिएम ओभरिसजले उनीहरुलाई मलेशियाको ग्लोबल पार्टनर एसडिएन बिएचडीलाई बेचिदियो ।यो मलेशियन कम्पनीले उनीहरुलाई फेरी अर्को मलेशियाकै कामदार आपूर्ति गर्ने कम्पनीमार्फत रोजगारमा लगायो ।नेपालको म्यानपावरले डाइरेक्ट कम्पनीमै
पठाउँछु भनेर झुक्याउँदै आफूहरुलाई स्थानीय एजेन्टकोमा पठाएकाले दुःख पाएको
र आफूहरु गठगिएको यहाँ बस्ने
श्रमिकको गुनासो छ ।
‘रोजगारी त पाइयो तर अरु केही सुविधा
पाइएन’ यही कोठामा बसेर नजिकैको पाउडर दुध, हर्लीक्स तथा बिभिन्न जुस
बनाउने कम्पनीमा काम गर्दै आएका सिराहका हिरालाल सिंह दनुवार भन्नुहुन्छ
‘सुविधा चाहियो भनेर उजुरी समेत गर्न पाइँदैन ।’आफूहरुले काम गर्ने कम्पनीमा राम्रो बस्ने र खाने सुविधा चाहियो भन्दा रोजगार दिने कम्पनीले तिमीहरुलाई ल्याइदिने एजेन्टलाई नै भन भन्ने गरेको उहाँ सुनाउनुहुन्छ ।स्थानीय एजेन्टले सुविधा माग्दा कामबाट हटाइदिने धम्की दिने गरेको नेपाली कामदारको गुनासो छ ।नेपालबाट ऋण लिएर मलेशिया आएका कारण तत्काल काम छाडेर नेपाल फर्कन पनि नसकिने बताउनुहुन्छ सुनसरीको धरानका शन्तोष लामिछाने ।यही कोठमा बस्दै आएका उहाँ भन्नुहुन्छ
‘हामीलाई कम्पनीले दिनुपर्ने केही सुविधा दिएको छैन ।’ दिनमा १२ घण्टा काम
गर्दा पनि सुरक्षा र सुविधा नपाएको उहाँको भनाई छ ।
भूमीराज पराजुली/
0 comments
तपाईंको प्रतिकृया