खनाललाई पनि चीन भ्रमणको निम्तो
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमण गरेर फर्केलगत्तै दोस्रो ठूलो कम्युनिष्ट पार्टी एमाले अध्यक्ष झलनाथ खनालले पनि चिनियाँ निम्तो पाएका छन् ।चिनियाँ राजदूत उ चुन्ताईले बुधबार डल्लुमा भेट गरी चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको तर्फबाट खनालको नेतृत्वमा उच्चस्तरीय राजनीतिक प्रतिनिधिमण्डलाई आगामी जुनको दोस्रो साता चीन भ्रमणका लागि आमन्त्रण गरिएको जानकारी दिए ।जवाफमा अध्यक्ष खनालले निमन्त्रणाका लागि धन्यवाद दिँदै पार्टीको तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरी आउने जानकारी दिए ।
भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा निर्वाचनको तयारी लगायतका विषयमा छलफल भएको खनालका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए ।
0 comments
तपाईंको प्रतिकृया