कुरान अपमान गरेको भन्दै चिनियाँमाथि कुटपीट

कुरान अपमान गरेको भन्दै चिनियाँमाथि कुटपीट

४ जेठ, 
                  कुरानको अपमान गरेको आरोपमा पाकिस्तान प्रशासित काश्मिरमा एक जना चिनियाँ नागरिकमाथि कुटपीट भएको छ । काश्मीरमा बाँध निर्माणमा संलग्न लि नाम गरेका चिनियाँ नागरिकलाई स्थानीय केही व्यक्तिको भिडले ज्यान लिने उद्धेश्यले आक्रमण गरेपछि सुरक्षात्मक हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।लि संगको आपसी विवादका क्रममा सज्जाद नामका स्थानीय डाक्टरले कुरानको अपमान गरेको भन्दै स्थानीय बासिन्दालाई बोलाएर लि लाई कुटाएका थिए ।
                भीडको आक्रमणबाट लि बस्ने घर, पर्खाल र केही गाडीमा क्षति पुगेको छ । घटनाको छानबीनका लागि स्थानीय प्रहरी अधिकारी, राजनीतिक नेता, स्थानीय धार्मिक नेता र पत्रकार सम्मिलित टोली गठन गरिएको छ । प्रहरीले छानबीन टोलीको प्रतिवेदन आएपछि मात्रै घटनाको उजुरी दर्ता गर्ने बताएको छ । पाकिस्तानमा कुनै पनि विदेशी नागरिकलाई धर्मग्रन्थको अपमान गरेको आरोप लगाएको यो पहिलो पल्ट भएको बिबिसीले उल्लेख गरेको छ ।
एजेन्सी 

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World