सुजाता कोइराला,नायिका
कलेज र मञ्जरी चलचित्रको प्रमोसनमा व्यस्त छु ।
एक्कासि नायिकाका रूपमा आउँदा कस्तो लाग्यो ?
एकप्रकारको अचम्म र खुसी ।
नायिका हुन्छु भन्ने सोच कहिलेदेखि पलायो ?
नायिका हुन्छु भनेर कहिल्यै सोचिन तर पढाइ पनि फिल्म स्टडी नै भएकाले अभिनय गर्ने सोच भने थियो ।
नायिका भन्नासाथ कसको अनुहार सम्झनुहुन्छ ?
सवाना आजमी र विद्या बालनको ।
मञ्जरीमा आउनुअघि यो क्षेत्रको अनुभव बटुल्नुभएको थियो ?
एउटा म्युजिक भिडियोमा काम गरेकी थिएँ ।
घरमा के काम गर्नुहुन्छ ?
भान्साको काम र सरसफाइ ।
फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?
चलचित्र हेर्न, घुम्न र नोबेल पढ्न ।
सबैभन्दा रमाइलो लागेको यात्रा ?
धादिङबाट धेरै माथि रहेको तीर्थस्थल गंगा-जमुना
जाँदा निकै रमाइलो लागेको थियो । दुःखको कुरा
त्यस्तो तीर्थस्थल पनि प्रचार-प्रसारको अभावमा ओझेलमा छ ।
भगवान्प्रति कत्तिको आस्था छ ?
एकदम आस्था छ । पशुपतिनाथलाई बढी मान्छु ।
तपाईंको कमजोरी ?
भावुक छु ।
कस्तो कुरामा रिस उठ्छ ?
झूटो बोल्यो भने रिसाउँछु ।
कस्ता पुरुष मन पर्छन् ?
बौद्धिक, हाइफाइ नभएको, सोभर ।
ब्वाइप|mेन्ड त पक्कै होला नि ?
अहिलेसम्म छैन ।
केटाहरूको मन नपर्ने बानी ?
मेन इगो मन पर्दैन ।
मन पर्ने नायक ?
सौगात मल्ल तथा साहरुख खान ।
कोसँग अभिनय गर्ने रहर छ ?
सौगात मल्लसँग ।
0 comments
तपाईंको प्रतिकृया