शीर्ष नेताहरु विदेशीका खास दलाल : गुरुङ
शीर्ष नेताहरु विदेशीका खास दलाल : गुरुङ७ जेठ,
नेकपा-माओवादीका सचिव देव गुरुङले प्रमुख चार दलका शीर्ष नेताहरु विदेशीका खास दलाली भएको आरोप लगाउनु भएको छ । उहाँले चार दलले निर्वाचनको नाटक गरेर मुलुकलाई विदेशीलाई सुम्पने षडयन्त्रमा लागेको वताउनुभयो । रफत सञ्चार क्लब भक्तपुरले मंगलवार आयोजना गरेको कार्यक्रममा उहाँले निर्वाचनका नाममा विदेशीलाई नागरिकता दिएर राष्ट्रिय स्वाधिनता र सार्वभौम सत्ता समाप्त पार्न खोजेको वताउनुभयो ।
गुरुङले विगतका गतिविधिलाई प्रमुख चार दलका नेताले आत्मसमीक्षा र आत्मालोचना नगरी जसरी चुनावमा जाने हल्ला फिजाएर राष्ट्रघात वाहेक अरु केहि गर्न नसक्ने बताउनुभयो । राजतन्त्र अन्त्य भए पनि चार दलका नेतामा राजतन्त्रीय प्रवृत्ति कायम रहेसम्म यथास्थितिमा निर्वाचन सम्भव नभएको गुरुङको भनाई छ ।
गुरुङले चैत १ मा प्रमुख चार दलवीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउ खारेजी नभए आफूहरुले आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिनुभयो । उहाँले चार दलका नेताहरु लेन्डोप दोर्जे पथमा अग्रसर भएकाले देश विनाशतर्फ अग्रसर रहेको आरोप लगाउनुभयो ।
0 comments
तपाईंको प्रतिकृया