भारतका कुख्यात अपराधी बब्लु काठमाडौँमा पक्राउ
भारतका कुख्यात अपराधी बब्लु काठमाडौँमा पक्राउ
१५ जेठ,
प्रहरीले भारतका एक कुख्यात अपराधी बब्लु दुबेलाई पक्राउ गरेको छ । अञ्चल प्रहरी कार्यालय वीरगन्जले मोस्ट वान्टेड बब्लुलाई बिशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।अञ्चल प्रहरी कार्यालय वीरगन्जका प्रहरी बरिष्ठ उपरिक्षक सर्बेन्द्र खनालको कमाण्डमा खटिएको प्रहरीको बिशेष टोलीले दुबेलाई काठमाडौँको सितापाईलाबाट पक्राउ गरेको हो । भारतको पूर्वी चम्पारण मोतीहारी सिसुवाखडार निवासी ३० वर्षिय दुबेलाई अञ्चल प्रहरी कार्यालय वीरगन्जले बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
अञ्चल प्रहरी कार्यालय नारायाणीमा बुधबार बब्लु दुवेलाई सार्वजनिक गर्दै प्रहरी । तस्वीर: रासस
पक्राउ परेका दुबेे नेपालमा करीब ८ महिनादेखि ज्यान मार्ने धम्की, चन्दा आँतक लगायत विभिन्न अपराधीक गतिविधिमा संग्लन रहेको प्रहरीको भनाई छ । पत्रकार सम्मेलनमा कुख्यात अपराधी दुबेले भारतमा बिहार पिपुलस लिब्रेसन आर्मी नामक अपराधी समुह खडा गरी हाल सम्म ३० जना भारतीयको हत्या गरिसकेको र फिरौतीबाट करौडौं रुपैयाँ असुली गरेको बताएका छन । उनले ३० जना मध्ये ६ जनाको हत्या स्वंय आफैले गरेको पनि बताए ।
भारतीय प्रहरीका मोस्ट वान्टेड दुबेलेे भारतीय प्रहरीका अधिकारीहरु, लोकसभा सदस्यहरुलाई फोनबाट धम्की दिने गरेको तथा गएको तीन हप्ता भित्र रामगाढवामा २ जनाको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुबेको साथबाट नेपाली नम्बर भएको ५ थान मोबाईल सेट सहित १ लाख ७३ हजार नेपाली रुपैयाँ र ६० हजार भारतीय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका दुबेलाई अञ्चल प्रहरी कार्यालयमै राखेर थप अनुसन्धान भईरहेको प्रहरी वरिष्ठ उपरिक्षक खनालले बताउनु भयो ।
0 comments
तपाईंको प्रतिकृया