किन तिम्रै यादमा कल्पन मन लाग्छ ??

सम्झना मिठो मुटु भित्र
सजाएर बाँचेको थिएँ ।
जीवन मिठो आत्मा मिलनको
अन्तर मनमा साँचेको थिएँ ।।

आज तिम्रो माया मेरो
मनमा घाउ लगाउँछ ।
पल पल तिम्रो याद बनि
आज नयन भिजाउँछ ।

अतित बनेका बिछोडहरु सँग
मितेरी गाँस्न मन लाग्छ ।
पराई बनिसकेकी तिमी
किन तिम्रै यादमा कल्पन मन लाग्छ ??

श्रोत : सुबर्ण कुमार  

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World