वैद्य माओवादीले निर्वाचन प्रक्रिया बिथोल्ने
काठमाडौं- १२ बैशाख,
नेकपा–माओवादीको केन्द्रीय समितिको विस्तारित बैठकले यथावस्थामा संविधानसभाको निर्वाचनमा भाग नलिने पूर्वनिर्णयलाई यथावत् राख्नेनिर्णय
गरेको छ। मङ्गलबारदेखि राजधानीमा सुरु भएको बैठकमा बोल्ने सबै केन्द्रीय
सदस्यले वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै यो सरकारले
गराउने निर्वाचनमा भाग लिन नहुने धारणा राखेपछि बैठकले सोहीअनुरुपको निर्णय
गरेको हो। बैठकपछि माओवादी प्रवक्ता पम्फा भुसालले वर्तमान सरकारलाई विघटन
गरी दलको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन गर्नाका लागि आन्दोलनलाई
थप सशक्त बनाउने निर्णय बैठकले गरेको जानकारी दिइन्। उनले
आजको बैठकमा महासचिव रामबहादुर थापा र सल्लाहकार समितिका अध्यक्ष कृष्णदास
श्रेष्ठले अध्यक्ष वैद्यले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि
समर्थन जनाउँदै राष्ट्रवादीको मोर्चा बनाएर लैजानुपर्ने धारणा राखेकी थिइन्।
बैठकले अध्यक्षको प्रतिवेदनलाई केही सुझावसहित सर्वसम्मत ढङ्गले पारित गरेको बताइएको छ। निर्वाचनप्रक्रिया अगाडि बढाउन सरकारले मतदाता नामावली सङ्कलनलाई अगाडि बढाउने र नागरिकता वितरण गर्ने प्रक्रियालाई पनि बिथोल्ने निर्णय माओवादीले गरेको छ। त्यस्तै गाउँदेखि केन्द्रसम्म सङ्गठनलाई सुदृढीकरण गर्ने बैठकले निर्णय गरेको छ।
बैठकले राष्ट्रिय स्वाधीनताको विषयलाई केन्द्रविन्दुमा राखेर आन्दोलन चर्काउने र गत चैत १ गते जारी २५ बुँदे बाधाअड्काउ फुकाउ खारेज नभएसम्म सरकारसँग वार्ता नगर्ने पूर्ववत् निर्णयलाई यथावत् राख्ने निर्णय गरेको छ। एकाउन्न सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरी एक सय ५१ सदस्यीय बनाइएपछि माओवादीको पहिलो केन्द्रीय समितिको बैठक बसेको हो। रासस

0 comments
तपाईंको प्रतिकृया