युवती भेट्न जाँदा अपहरणमा परे व्यापारी अग्रवाल

१३ वैशाख, काठमाडौं 
२ अपहरणकारी पक्राउ, ३ को खोजी जारी

 ५ दिनअघि अपहरणमा परेका निर्माण सामाग्री व्यापारी राजेशकुमार अग्रवाललाई प्रहरीले शकुशल मुक्त गराएको छ । अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कीर्तिपुरस्थित एक निर्माणधिन घरमा बन्धक बनाइराखेको अवस्थामा अग्रवाललाई उद्धार गरेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।
प्रहरीका अनुसार अपहरणमा संलग्न मोहम्मद नसिरुद्दिन र जमिम उल्लालाई पक्राउ परेका छन् फरार ३ जनाको खोजी भइरहेको छ । प्रहरीका अनुसार अग्रवाललाई कलंकीको बाबा पेट्रोल पम्प नजिकैबाट एक युवतीले फकाएर कीर्तिपुर पुर्‍याएपछि बन्धक बनाएर परिवारसँग २ करोड फिरौती मागिएको थियो ।
अपहरणकारीलाई फिरौती बुझाउनु अपघ नै अग्रवाललाई मुक्त गरिएको महाशाखाका प्रमुख विजयलाल कायस्थले जनकारी दिनुभयो ।
अग्रवालले प्रहरीलार्इ बताएअनुसार युवतीले अति आवश्यक काम छ भन्दै फोन गरेर भेट्न बोलाएकी थिइन् । कलंकी पुगेपछि बाटोमा कुरा नगरौं, नजिकै कोठा छ भनेर अग्रवाललाई निर्माणाधीन घरमा पुर्‍याएर अपहरणकारीको जिम्मा लगाएकी थिइन् । युवतीको नाम खुलेको छैन ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World