कसले गरायो त टेक्सास मा बिस्फोट
५ बैशाख,
अमेरिकाको टेक्सास
प्रान्तस्थित एक कारखानामा भएको विस्फोटमा कम्तिमा २ जनाको मृत्यु भएको छ ।
विस्फोटमा १ सय ५० भन्दा बढी घाइते भएको अमेरिकी समाचार एजेन्सीले जनाएको छ
। सरकारी अधिकारीहरुले भने विस्फोटमा थुप्रै
मानिसले ज्यान गुमाएको बताएपनि संख्या खुलाएका छैनन् । विस्फोटका कारण
दजनौं घरमा क्षति पुगेको छ भने केहीमा आगो लागेको छ ।
स्थानीय खेल मैदानमा आपतकालीन उपचार
गरिएको छ भने घटनालाई नियन्त्रणमा लिन अग्नि नियन्त्रक, एम्बुलेन्स र
हेलिकोप्टर तैनाथ गरिएको छ । विस्फोट निकै ठूलो भएको बताइएको छ । विस्फोटको
२ घण्टासम्म पनि हावामा धुँवा भरिएको गियो
0 comments
तपाईंको प्रतिकृया