ए डिभिजन लिग नखेल्ने एनआरटीको निर्णय
आर्थिक अभावको कारण
देखाउँदै नेपालको पूरानो फुटबल क्लब न्यूरोड टिम एनआरटीले ए डिभिजन लिग
नखेल्ने निर्णय गरेको छ । यो सिजन कुनै पनि प्रतियोगिता नखेल्ने र आगामी
सिजन बी डिभिजनबाट खेल सुरु गर्ने उसको निर्णय छ । एनआरटीको
साधारणसभाले बहुमतका आधारमा ए डिभिजन नखेल्ने निर्णय गरेको हो । लिग खेल्ने
प्रस्तावको पक्षमा ९ मत परेको छ भने विपक्षमा ३६ मत खसेको छ । ‘यो सिजन
कुनै पनि प्रतियोगिता खेल्दैनौं । अर्को वर्ष बी डिभिजन खेल्छौं’ एनआरटीका
महासचिव विनय प्रधानले अनलाइनखबरसँग भन्नुभयो-’हामी क्लबको आर्थिक अवस्था
राम्रो नभएसम्म बी डिभिजनमै रहन्छौं । ७४ पछि एमा उक्लने लक्ष्य छ ।’
सन् १९९१ मा स्थापना भएको एनआरटीले यो
सिजन पाँचौं स्थानमा रहँदै लिग टुङ्ग्याएको थियो । ४ पटक ए डिजिजन लिग
जितेकेा एनआरटीले बुढासुब्बा र गभनर्स गोल्पकपको समेत उपाधि उचालेको थियो । एनआरटी आर्थिक स्रोत राम्रो भएको क्लब
मध्ये एक हो । त्रिपुरेश्वरस्थित दरशथ रंगशाला नजिकै ४ रोपनी जग्गा छ भने
त्यसमा चार तला र तीन तलाको घर छ । जसबाट भाडा वापत बाषिर्क १ करोड ३ लाख
भन्दा बढी आम्दानी हुन्छ । महासचिव प्रधानका अनुसार हाल क्लबको ऋण १ करोड
७३ लाख रहेको छ । एक सिजन लिग खेल्दा ९० लाखभन्दा बढी खर्च हुने गरेको
क्लबले जनाएको छ ।
0 comments
तपाईंको प्रतिकृया