छोटा कपडा लगाउने युवती असक्षम ,...


                             

           हालै गरिएको एक अध्ययनले छोटा तथा सेक्सी कपडा लगाउने तथा कामुक देखिन चाहने महिलाहरु खासै क्षमतावान नहुने तथ्य पत्ता लगाएको छ ।  
            लाइभ साइन्समा छापिएको खबर अनुसार अमेरिकाको ओहियोको क्यानयोन कलेजको एक टोलीले यस्तो तथ्य पत्ता लगाएको हो । शोधकर्ता टोलीका अनुसार छोटा तथा सेक्सी कपडा पहिरिने युवतीहरु कम सक्षम हुन्छन्, जबकी सामान्य कपडा लगाउने महिला बढि क्षमतावान हुन्छन् ।शोधकर्ता उक्त कलेजका मनोविज्ञ सारा मुर्नेनका अनुसार अध्ययनमा १ सय ६ जना महिला समेत गरी १ सय ६२ जना विद्यार्थीलाई छनोट गरिएको थियो । ती सबैलाई ३ समूहमा विभाजन गरी विभिन्न खालका पहिरन लगाएका युवतीका तस्वीर दिएर ती तस्वीरवाला युवतीका बुद्धिमत्ता, सक्षमता लगायतका मानकको तुलना गर्न अह्राइएको थियो । त्यसक्रममा लगभग सबैजसोले कम कपडा लगाएका अर्थात् सेक्सी पहिरन लगाएका युवतीहरुको क्षमता, बुद्धि तथा निर्णय क्षमता सामान्य कपडा लगाउने युवतीको भन्दा कम हुने बताएका थिए । 
            मनोविज्ञहरुका अनुसार सेक्सी कपडा लगाउने सबै युवतीलाई कम क्षमतावान भन्न नमिल्ने भएपनि कामुक पहिरन लगाउन मन गर्ने धेरै युवतीहरु आफ्नो अन्य असक्षमतालाई लुकाउन पहिरनलाई सेक्सी बनाउने प्रयास गर्छन् ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World