बिहेले बढाउँछ क्यान्सर रोगीको आयु



               एक नयाँ अध्ययनले यदि क्यान्सर रोगीले बिहे गरेमा उसको आयु बढ्ने देखाएको छ । अध्ययन अनुसार अविवाहित रहेका फोक्सोका क्यान्सर रोगी भन्दा विवाहित रोगी बढि बाँच्न सफल भएका छन् ।विवाहले फोक्सोका क्यान्सर रोगीलाई मात्र होइन प्रोस्टेट, टाउको तथा घाँटी लगायतका अंगमा क्यान्सर भएका मानिसलाई समेत बढी बाँच्न सफल बनाएको शोधकर्ताहरुको भनाइ छ ।
                      निकै गम्भीर प्रकृतिको फोक्सोको क्यान्सरबाट पीडित १ सय ६८ जना मानिसहरुमा यस्तो अध्ययन गरिएको थियो । सन् २००० देखि २०१० सम्म औषधि तथा विकिरणबाट उपचार गराएका ती क्यान्सर रोगीमध्ये अविवाहित रोगीहरु कम बाँचेको पाइएको छ । एक दशकसम्म त्यसरी उपचार गराएकाहरुको बारेमा हालै गरिएको र्सर्वेक्षण अनुसार अविवाहित मध्ये केवल १० प्रतिशत क्यान्सर रोगीमात्र अहिलेसम्म बाँचेका छन् भने विवाहित मध्ये एक तिहाइ रोगी बाँच्न सफल भएका छन् ।

अध्ययनले विवाहले पुरुष भन्दा महिला क्यान्सर रोगीलाई बढी फाइदा हुने पनि देखाएको छ ।
अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययनले विवाहले क्यान्सर रोगीको आयु बढ्नुमा खासगरी स्याहार सुसार तथा रोगीको आत्मवल मुख्य कारक रहेको निष्कर्षनिकालेको छ । अविवाहित भन्दा विवाहित रोगीहरुले बढि स्याहार पाउने तथा नियमित उपचार समेत गराउने भएकाले उनीहरु बढि बाँच्ने गरेका हुन् । वास्तवमा बिहे गर्नु क्यान्सर रोगका लागि मात्र होइन अरु शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको न्यूनीकरण तथा निदानमा समेत उपयोगी हुने आम विश्वास रहिआएको छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World