प्रेमले दिन्छ जिउने इच्छा
प्रेमले खुसी मात्र हैन, लामो उमेरसमेत दिन्छ । अनुसन्धानपछि यस्तो देखिएको छ कि मायामा धेरै शक्ति हुन्छ । मायाले मानिसभित्र रोगसँग जुध्ने शक्ति उत्पादन गरिदिन्छ । जब कुनै रोगीलाई कसैबाट मायाको अनुभूति हुन्छ भने उसको शरीरमा यस प्रकारको रसायनिक परिवर्तन हुन्छ, जसले गर्दा रोगसँग लड्ने क्षमता वृद्घ िहुन जान्छ ।
अनुसन्धानकर्ताहरूले एउटा अनुसन्धानमा प्रेम र भावनात्मक सुरक्षा बढी मिल्ने व्यक्तिको धमनीमा प्रेम र आत्मीयताबाट वञ्चित व्यक्तिको दाँजोमा अवरोध कम हुने औंल्याएको हो । तर, पेकिङ विश्वविद्यालयका मनोविज्ञान विभागका प्राध्यापक माओ लिहुआ भन्छन्, 'जसलाई हामी प्रेम मान्छौं त्यो हाम्रो मस्तिष्कको अनुभवबाहेक केही होइन । कसैप्रति आकषिर्त हुँदा जब तन्त्रिका तन्त्रका माध्यमले फेरोमोन्स मस्तिष्कमा पुगेर पिटुटरी ग्ल्यान्डबाट निस्किने हार्मोनको मात्रा बढाउँछ, तब मुटुको चाल बढ्नुको साथै श्वासको गतिसमेत बढ्छ । शरीरमा रगतको सञ्चार तीव्र गतिले हुनुका साथै हत्केलामा पसिना आउँछ र तिर्खासमेत लाग्छ ।'
अध्ययनले जो व्यक्तिले माया र प्रेमको वातावरण पाउँछ, बाँच्न अवस्था एकदमै कम भएको भए तापनि त्यस्ता व्यक्ति निकै लामो समय बाँचेको तथ्यसमेत बाहिर ल्याएको छ । प्रेमको अनुभूति रोगलाई सन्चो गर्ने मात्र नभएर लामो स्वस्थ जीवनका लागि सिन आवश्यक रहेको अनुसन्धानले औंल्याएको छ ।
0 comments
तपाईंको प्रतिकृया