गेष्ट हाउसहरुले कलेज ड्रेसमा आउने युवा-युवतीलाई कोठा नदिने
गेष्ट हाउसहरुले कलेज ड्रेसमा आउने युवा-युवतीलाई कोठा नदिने
भदौ १० -
गेस्ट हाउसहरुमा पटकपटक हुने यौनजन्य क्रियाकलाप न्यून गर्ने उद्देश्यले बागबजार क्षेत्रका गेस्टहाउसमा आचारसंहिता लागू गरिने भएको छ । नेपाल गेस्टहाउस व्यवसायी सङ्घद्वारा आइतवार काठमाडौंमा आयोजित अन्तक्र्रियामा विशेष गरी बागबजार क्षेत्रमा यौनजन्य क्रियाकलाप भइरहेको भन्ने गुनासोलाई सम्बोधन गर्ने गरी सातबुँदे आचारसंहिता ल्याइएको छ ।आचारसंहितामा कोठामा बस्नुअघि हरेक पाहुनाको सम्पर्क नम्बरसहित स्पष्ट परिचय खुल्ने गरी नाम दर्ता गराउनुपर्ने, यौन विकृतिमा लागेका तथा लागुऔषधका दुव्र्यसनी, टोल क्षेत्रमा आतङ्क मच्चाउने जो कोहीलाई कोठा नदिइने उल्लेख छ ।
यस्तै विद्यालय/कलेजको पोसाकमा आउने युवालाई कोठा नदिने, होटल तथा लजमा पाहुना बसेपछि उनीहरुले पालना गर्नुपर्ने नियम बुँदागतरुपमा लेखेर सूचना पाटीमा राख्ने, आफूले गरेको पेसाप्रति आफूलाई गर्व महसुस हुने वातावरण बनाउने पनि आचारसंहितामा उल्लेख गरिएको छ । आचारसंहितामा सुरक्षा निकायबाट हुने जाँचलाई सहयोग पुर्याउने र समय समयमा हुने आपराधिक घटनालाई ध्यानमा राखी ‘कुन प्रहरी अफिसर’को नेतृत्वमा आएको हो, जाँच गरेको हस्ताक्षर गराउने र व्यवसायीले आचारसंहिताको पूर्णरुपमा पालना गर्नुपर्ने उल्लेख छ । बाग बजार क्षेत्रमा मात्रै करिब ६० गेस्ट हाउस छन् ।
अन्र्तक्रियामा काठमाडौँ उपत्यका
विकास प्राधिकरणका आयुक्त केशव स्थापितले वर्तमान समाज समयसापेक्ष चलिरहेकाले यौन
व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न कठिनाइ भएको भन्दै यौन व्यवसायीलाई
पुनःस्थापना गर्न उचित स्थानको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले एक्काइसौँ
शताब्दीको वर्तमान समाजका युवाले पे्रम साट्ने उचित स्थानको अभावमा यौनजन्य
क्रियाकलापले उग्ररुप लिएकाले मर्यादित बनाउन उचित स्थानको खोजी भइरहेको र चाँडै
युवालाई लक्ष्य गरी पार्क बनाइने जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसर
हनुमानढोकाका प्रमुख जयबहादुर चन्दले मुलुकको नियमकानुनले यौन व्यवसायलाई मान्यता
नदिएकाले यौनकर्मीले सुरक्षित स्थानका रुपमा गेस्टहाउसलाई प्रयोग गर्ने गरेकाले
त्यस्ता गतिविधिको रोक्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
सङ्घका अध्यक्ष याम श्रेष्ठले
गेस्टहाउस व्यवसायीलाई मात्र निसाना बनाउन नहुने भन्दै यौनजन्य क्रियाकलापदेखि
समाजका हरेक प्रवृत्तिका विकृति र विसङ्गति रोक्न कुनै एक पक्षले मात्र नभई साझा
पहल आवश्यक भएकामा जोड दिनुभयो । सङ्घका सचिव यामलाल कँडेलले दैनिक गुजाराको अभाव र
बेराजगारीका कारण यौन व्यवसायमा आउनेको सङ्ख्या दिनदिनै बढ्दै गएकाले उनीहरुलाई
अन्य विकल्प खोज्नुपर्नेमा जोड दिँदै सङ्घले तत्कालका लागि २५ जनालाई आफूहरुले
रोजगारी दिने बताउनुभयो ।
कार्यक्रममा होटल व्यवसायी
महासङ्घका वरिष्ठ उपाध्यक्ष अमृत भुजेल, सचिव हिराध्वज शाह, महानगरीय प्रहरी प्रभाग
सिंहदरबारका प्रमुख श्यामकुमार महतोलगायतले यौनजन्य क्रियाकलाप तत्काल नियन्त्रण
गर्न कठिनाइ भए पनि त्यसलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिनुभएको थियो
0 comments
तपाईंको प्रतिकृया